+
+

माओवादीबाट कांग्रेसले खोस्यो कुशे गाउँपालिका–७ को अध्यक्ष

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २१:१६

१६ मंसिर, काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित भएका छन् ।

सिंहले ३४७ मत ल्याएर जितेका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपाली बने । नेपालीले ३३२ मत पाएका छन् ।

यो वडामा पहिले माओवादी केन्द्रले जितेको थियो ।

यो वडामा ०७९ को चुनावमा माओवादी केन्द्रले जितेको थियो । माओवादी केन्द्रका मनबहादुर घर्तीले ३८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३१८ मत ल्याएका थिए भने एमालेका प्रसाद सिंहले १४८ मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?