+
+

एमालेले ओखलढुंगाको मोलुङ–५ बाट खोल्यो खाता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २१:३६

१६ मंसिर, काठमाडौं । आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

मोलुङ गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार गंगा तामाङ विजयी भएका छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गरेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो भएका छन् । रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार मान बहादुर सुनुवारले २३ मत ल्याएका छन् ।

उनले ३ सय ९९ मत प्राप्त गरेका छन् । यसअघि यो वडामा नेपाली कांग्रेसले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?