+

फोलिडर्म बन्यो लुम्बिनी लायन्सको ‘कन्फिडेन्स पार्टनर’

२०८१ मंसिर  १६ गते २१:४२ २०८१ मंसिर १६ गते २१:४२
फोलिडर्म बन्यो लुम्बिनी लायन्सको ‘कन्फिडेन्स पार्टनर’

१६ मंसिर, काठमाडौं । कपालको हेरचाहमा आफ्नो पहिचान बनाएको कम्पनी फोलिडर्म लुम्बिनी लायन्ससँग ‘कन्फिडेन्स पार्टनर’का रूपमा जोडिएको छ ।

शनिबारबाट सुरु भएको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टिम लुम्बिनीसँग फोलिडर्मले सहकार्य गरेको हो । फोलिडर्म र लुम्बिनी लायन्सबीच शनिवार बालुवाटारस्थित फोलिडर्मकै कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा फोलिडर्मका सीईओ प्रभात अग्रवाल र लुम्बिनी लायन्सका स्वामित्वकर्तामध्येका एक करण बस्नेतको उपस्थिति थियो ।

यो सहकार्यले व्यक्तिलाई प्रोत्साहन गर्नुका साथै आत्मविश्वास बढाउने लक्ष्य राखेको छ, जुन लुम्बिनी लायन्सको टिम स्प्रिटसँग पनि मेल खान्छ । सम्झौतापत्रमा हस्ताक्षर गर्दै फोलिडर्मका सीईओ अग्रवालले भने, ‘हामी कन्फिडेन्स पार्टनरका रूपमा यो सहकार्य गर्न पाउँदा निकै उत्साहित छौँ । फोलिडर्मले सबैलाई उनीहरूको उत्कृष्टतामा पुग्नमा सहयोग र सहकार्य गर्ने कुरामा विश्वास गर्छ र यो सहकार्यले पनि हामी दुवै पक्षको उत्कृष्टता सिर्जना गर्छ भन्नेमा म विश्वस्त छु । क्रिकेटको खेलले देश र जनतालाई नै निकट ल्याउँछ भन्नेमा विश्वास गरौं।’

त्यस्तो लुम्बिनी लायन्सका स्वामित्वकर्ता बस्नेतले पनि सहकार्यप्रति उत्साहित रहेको बताए । उनले भने, ‘फोलिडर्मसँगको यो सहकार्यले हाम्रो आत्मविश्वासलाई सङ्केत गर्नेछ र हाम्रा खेलाडीहरुको हरेक खेलमा ऊर्जा थप्नेछ । हाम्रो साथमा फोलिडर्मलाई पाउँदा निकै उत्साहित छौं।’

यो सहकार्यमार्फत दुवै पक्षले फरक फरक किसिमका योजनाहरू पनि रहेको बताएका छन्, जसमा क्रिकेट फ्यानलाई संलग्न गराउनेदेखि विभिन्न अभियानहरू पनि हुनेछन् । फोलिडर्मसँगको यो सहकार्यले आत्मविश्वासलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई झल्काउँछ र फोलिडर्मले यसै कुरा झल्काउने नारा “रोर लायन्स, रोर कनफिडेन्स विथ फोलिडर्म” पनि सार्वजनिक गरेको छ ।

लुम्बिनी लायन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय