
१६ मंसिर, काठमाडौं । डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ ।
यहाँ कांग्रेस उम्मेदवार मोहन थापा ४ सय ६८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका देव थापाले ३ सय १ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले ३६ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका जनकी खड्का कुँवरले ३१ मत प्राप्त गरेका छन् ।
यहाँ जम्मा ८ सय ३९ मत खसेको थियो । यो वडामा २०७९ मा पनि कांग्रेसले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4