
१६ मंसिर, काठमाडौं। झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचन लडेका लक्ष्मीप्रसाद ओलीले ४९३ मतसहित अग्रता लिएका हुन् ।
उनलाई नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले पछ्याइरहेका छन् । बस्नेतले ३५६ मत पाएका छन् ।
नेपाली कांग्रेसका रामगोपाल ओलीले ३१७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २७७ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4