
नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक
१६ मंसिर, काठमाडौं । रौतहटको ईशनाथ नगरपालिका–७ मा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार शेख अब्दुल खालिक ६ सय २७ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका शेख अनवारले ५ सय ७५ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपा एकीकृत समाजवादीका उम्मेदवार तेस्रो भएका छन् । एकीकृत समाजवादीका सदरे आलमले ४ सय ५२ मत प्राप्त गरेका छन् । यसअघि यो वडा नेकपा एमालेका शेख खलीउल्लाहले जितेका थिए । शेख अब्दुल खालिक त्यतिबेला पनि कांग्रेसबाट उम्मेदवार थिए । उनले त्यतिबेला ५ सय ७८ मत प्राप्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4