+

एनपीएल : पहिलो खेल जितेको जनकपुरविरुद्ध कर्णालीको दाबेदारी

२०८१ मंसिर  १७ गते ६:३५ २०८१ मंसिर १७ गते ६:३५
एनपीएल : पहिलो खेल जितेको जनकपुरविरुद्ध कर्णालीको दाबेदारी

१७ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो दिनको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दै छन् । खेल दिउँसो सवा १ बजेदेखि सुरू हुनेछ ।

पहिलो खेल जितेको जनकपुर लगातार दोस्रो जितसहित बलियो दाबेदारीलाई कायमै राख्ने लक्ष्यमा हुनेछ भने कर्णालीले पहिलो जित निकाल्दै दाबेदारी प्रस्तुत गर्ने लक्ष्यसहित मैदानमा उत्रने छ ।

जनकपुरका लागि पहिलो खेलमा विदेशी खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए । आजको खेलमा पनि जनकपुरले जनकपुरको उस्तै साथसहित नेपाली खेलाडीबाट पनि उच्च प्रदर्शनको आशा राख्ने छ । विशेषगरी लाहिरु मिलान्थाले ब्याटिङमा उत्कृष्ट गर्दा क्यानडाका अलराउण्डर हर्श थाकरले ब्याटिङ बलिङ दुवैमा राम्रो प्रदर्शन गरे ।

आजको खेलका लागि न्युजिल्याण्डका जिमी नीशम पनि उपलब्ध भइसकेका छन् । उनले खेलेको खण्डमा जनकपुरले एक विदेशीलाई भने बाहिर राख्नुपर्ने छ । बेन माइकलाई बाहिर राखेर बाँयाहाते ब्याटिङ र दाँयाहाते बलिङका लागि नीशम खेलाउन सक्ने छ भने मिलान्था, थाकर र मोहसिनलाई खेलाउने छ । अन्य परिवर्तन भने जनकपुरले गर्ने सम्भावना देखिँदैन ।

उता पहिलो खेल खेल्न लागेको कर्णालीले विश्वचर्चित शिखर धवनको उपस्थिति र राष्ट्रिय टोलीका दुई स्टार खेलाडी सोमपाल कामी र गुल्शन झाको उच्चतम प्रदर्शनको अपेक्षा राख्न सक्छ । बाबर हायात, जीशान मकसुद र चाडविक वाल्टन पनि खेल्ने पक्कापक्की छ । धवनको आगमनले कर्णालीको टिमको व्यापक चर्चा भएको छ । सामाजिक सञ्जालमा पनि चर्चित कर्णालीको टिम पेपरमा पनि सन्तुलित देखिएको छ ।

अर्कोतर्फ कुनै समय पुबुदुको प्रशिक्षणमा राष्ट्रिय टोलीमा खेलेका ज्ञानेन्द्र मल्ल अब प्रशिक्षकका रूपमा आमनेसामने हुँदै छन् भने पुबुदुकै प्रशिक्षणमा खेलेका सोमपाल मार्की तथा कप्तान छन् । यो हिसाबले यसलाई गुरु भर्सेस् चेलाको रूपमा पनि हेर्न सकिन्छ ।

त्यसकारण पहिलो खेल जितेर आएको जनकपुर र कर्णालीको बीचमा हाई भोल्टेज खेल हुने अनुमान गर्न सकिन्छ ।

खेल : कर्णाली याक्स भर्सेस् जनकपुर बोल्ट्स
मिति र समय : मंसिर १७, दिउँसो सवा १ बजे
सम्भावित प्लेइङ ११ :
कर्णाली याक्स : चाडविक वाल्टन, शिखर धवन, देव खनाल, रित गौतम बाबर हायात, जीशान मकसुद, गुल्शन झा, मौसम ढकाल, सोमपाल कामी, भुवन कार्की, नन्दन यादव

जनकपुर बोल्ट्स : आसिफ शेख, अनिल शाह, लाहिरु मिलान्था, हर्श थाकर, शुभ कंसाकार, जिमी निशम, मोहमद मोहसिन, अरनिको यादव, तुलबहादुर थापा, किशोर महतो, ललित राजवंशी

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय