+
+

झापाको कनकाई-६ मा निर्वाचित स्वतन्त्र उम्मेदवार भन्छन्– यो जनताकै जित हो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २३:३७

१६ मंसिर, काठमाडौं । झापाको कन्काई नगरपालिका वडा नम्बर–६ को अध्यक्षमा निर्वाचित लक्ष्मीप्रसाद ओलीले आफ्नो जितलाई जनताको जित भएको बताएका छन् ।

आइतबार भएको उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि मतदानस्थलबाट प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

‘यो जनताकै जित हो । मेरो भन्दा पनि । उहाँहरूको हृदयमा बस्न सफल भएको रहेछु,’ उनले भने ।

उनले आफूले प्रतिबद्धता अनुसार काम गर्ने बताएका छन् । आफूले ३७ बुँदे प्रतिबद्धता सार्वजनिक भएको बताउँदै त्यस अनुरुप नै काम गर्ने बताए ।

चापाकल चुनाव चिह्न लिएर उपनिर्वाचनमा सहभागी भएका उनी ४ सय ९३ मतसहित विजयी भएका हुन् । उनले नेपाली कांग्रेसबाट बागी उठ्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार तुलाराम बस्नेतले ३ सय ५६ मत प्राप्त गरेका छन् । यसअघि यहाँ नेकपा एमाले निर्वाचित भएको थियो ।

त्यस्तै, नेपाली कांग्रेसका रामगोपाल ओलीले ३ सय १७ र माओवादी केन्द्रका गणेशबहादुर थापाले २ सय ७७ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?