+
+

काठमाडौं–१६ मा रास्वपा उम्मेदवार श्रेष्ठको अग्रता

उनलाई नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले पछ्याइरहेका छन् । उनले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते २३:४३

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता बनाएको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी हुन् । उनले ४ सय ९३ मत पाएकी छिन् ।

उनलाई नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्‍न तुलाधरले पछ्याइरहेका छन् । उनले ३ सय ८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्र पाठक तेस्रो स्थानमा छन् । उनले ३ सय ६९ मत प्राप्त गरेका छन् । यहाँ एकीकृत समाजवादीका मीन बहादुर मानन्धरले २ सय मत प्राप्त गरेका छन् ।

०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?