+
+

रौतहटको राजपुर–६ मा कांग्रेसका आलम निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ०:३९

१७ मंसिर, काठमाडौं । रौतहटको राजपुर नगरपालिका–६ मा नेपाली कांग्रेस विजयी भएको छ । ७ सय ४४ मतसहित कांग्रेसका समसे आलम निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार यहाँ नेकपा माओवादी केन्द्रका जिकरुलाह ४ सय ६३ मतसहित दोस्रो स्थानमा छन् ।

त्यस्तै, नेकपा एमालेका मोहम्मद नसिम अख्तरले ४ सय ३१ मत प्राप्त गरेका छन् ।

यहाँ अघिल्लो निर्वाचनमा पनि कांग्रेसले नै जितेको थियो । त्यतिबेला कांग्रेसका शेख मोजरे आलम निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?