+
+

सप्तरीको डाक्नेश्वरी–४ बाट जसपा नेपालले खोल्यो खाता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ०:४९

१७ मंसिर, काठमाडौं । आइतबार भएको स्थानीय तह उपनिर्वाचनमा जनता समाजवादी पार्टी, नेपालले पहिलो जित हात पारेको छ । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ को अध्यक्षमा जसपा, नेपालका उम्मेदवार देवेन्द्र प्रसाद यादव निर्वाचित भएका हुन् ।

उनी ३ सय ७२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगको विवरण अनुसार यहाँ नेपाली कांग्रेसका जोगिन्द्र राय अमात२ सय ७७ मतसहित दोस्रो स्थानमा सीमित भएका छन् । त्यस्तै, जनमत पार्टीका उदय नारायण पंडितले २ सय ३१ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

यहाँ ०७९ को निर्वाचनमा नेपाली कांग्रेसा हरी प्रसाद राय ३ सय ३३ मतसहित विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?