+
+

कीर्तिपुरको प्रारम्भिक परिणाम : मेयरमा कांग्रेसको अग्रता, स्वतन्त्रका राजमान दोस्रो

यहाँ स्वतन्त्र उठेका राजमानलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि समर्थन गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १:०७

१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले ४ सय ६४ मतसहित अग्रता लिएका हुन् ।

उनलाई स्वतन्त्र उम्मेदवार राजमान मानन्धरले पछ्याइरहेका छन् । उनले ३ सय ५५ मत प्राप्त गरेका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा शिवशरण महर्जन तेस्रो स्थानमा छन् । उनले ३ सय ३४ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धर चौथो स्थानमा छन् । उनले ३ सय २७ मत प्राप्त गरेका छन् । अहिलेसम्म १ हजार ७ सय २८ मतगणना भएको निर्वाचन अधिकृत इन्दिरा कार्कीले अनलाइनखबरलाई जानकारी दिइन् । यो सँगै वडा नम्बर १ को मतगणना सकिएको उनले बताइन् ।

कीर्तिपुर नगरपालिकाको मेयर पदलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् ।

यहाँ स्वतन्त्र उठेका राजमानलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि समर्थन गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?