+
+

हेटौंडा–१२ उपनिर्वाचनमा कांग्रेसका तिवारीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १:१३

१७ मंसिर, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१२ को वडा अध्यक्ष चयनका लागि भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका अर्जुन तिवारीले अग्रता लिएका छन् ।

कुल ८०५३ मतदातामध्ये ५४८४ मत खसेकोमा ३०४७ मतगणना हुँदा तिवारीले ११२४ मत ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रका रवि प्रधान र नेकपा एमालेका राजेश नगरकोटी पछिपछि छन् । प्रधानले ८६२ र नगरकोटीले ७९३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

राप्रपाका प्रमेबहादुर भ्लोनले ९६, रास्वपाका आशावीर बलले ५२, नेकपा (एकीकृत समाजवादी)का बलराम बलले ३५ मत ल्याएका थिए ।

१२ नम्बर वडाको भोर्ले बुथबाट २ र सिक्रेनी बुथबाट ३ वटा मतपेटिकाको ३०४७ मत गणना गरिएको थियो । अब ४ वटा मतपेटिकाको मतगणना हुन बाँकी छ ।

हेटौंडा–२ सिदार्थ माविमा ९ बजेदेखि मतगणना सुरू भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?