
१७ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो अग्रता कायम राखेको छ । आइतबार भएको उपनिर्वाचन अन्तर्गत प्रारम्भिक मतगणना अनुसार रास्वपा उम्मेदवार रोजिना श्रेष्ठले अग्रता लिएकी छिन् । निर्वाचन आयोगका अनुसार पछिल्लो परिणाम अनुसार उनले ६ सय ९६ मत प्राप्त पाएकी छिन् ।
यसअघि तेस्रो स्थानमा रहेको नेपाली कांग्रेस भने दोस्रोमा उक्लिएको छ । कांग्रेस उम्मेदवार देवेन्द्र पाठकले ५ सय ३२ मत प्राप्त गरेका छन् ।
दोस्रोमा रहेका नेकपा एमालेका उम्मेदवार लक्ष्मी रत्न तुलाधर भने चौथोमा पुगेका छन् । उनले ३ सय ५१ मत प्राप्त गरेका छन् ।
यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार तेस्रो स्थानमा छन् । राप्रपा उम्मेदवार श्याम कृष्ण श्रेष्ठले ३ सय ६१ मत प्राप्त गरेको निर्वाचन आयोगले प्रविष्ट गरेको विवरणमा उल्लेख छ ।
०७९ को निर्वाचनमा यहाँ कांग्रेसले जितेको थियो । कांग्रेसबाट निर्वाचित मुकुन्द रिजालको निधनपछि यहाँ उपनिर्वाचन भएको हो ।
प्रतिक्रिया 4