+
+

बर्दियाको ठाकुरबाबा–४ मा कांग्रेसका थारु विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २:०२

१७ मंसिर, काठमाडौं । बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा नेपाली कांग्रेस विजयी भएको छ । आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार अमिन थारु १ हजार ४३ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका सेर बहादुर थारुले ६ सय ७८ मत प्राप्त गरेका छन् ।

त्यस्तै, नेकपा एमालेका विष्णु प्रसाद देवकोटाले ३ सय ३७ मत प्राप्त गरेका छन् । ०७९ को निर्वाचनमा यहाँबाट नेपाली कांग्रेसका सुर्य बहादुर विष्ट १ हजार २ सय ९ मतसहित विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?