+
+

कांग्रेसले जितेको कपिलवस्तुको शुद्धोधन-१ एमालेले खोस्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ३:१०

१७ मंसिर, काठमाडौं । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा नेकपा एमाले विजयी भएको छ । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार ताहिर मुसलमान १ हजार १ सय ५० मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका दिनेश कुमार यादवले १ हजार ७६ मत प्राप्त गरे ।

त्यस्तै, जनमत पार्टीका उम्मेदवार सीताराम पटेल ४ सय २३ मतसहित तेस्रो भएका छन् । यो पालिकामा यसअघि नेपाली कांग्रेसका उम्मेदवार तिलकराम यादव निर्वाचित भएका थिए ।

त्यतिबेला उनी १ हजार ३२ मतले विजयी हुँदा नेकपा एमालेका अब्दुल मोजीब खाँले ८ सय ८९ मत मात्रै पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?