+
+

सप्तरीको डाक्नेश्वरी–१ मा पनि जसपा नेपाल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ३:५७

१७ मंसिर, काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिका–४ मा पनि जनता समाजवादी पार्टी, नेपालले जित हात पारेको छ ।

आइतबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार डाक्नेश्वरी–४ को अध्यक्षमा जसपा, नेपालका धिरेन्द्र कुमार साह निर्वाचित भएका छन् ।

उनी ६ सय ५२ मतसहित निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार नेपाली कांग्रेसका भूलिया देवी थरुनीले ५ सय ८७ मत प्राप्त गरेकी छिन् । त्यस्तै, नेकपा एमालेकी भगवानी साहले २ सय ६५ मत प्राप्त गरेकी छिन् ।

यसअघि यही नगरपालिकाको वडा नम्बर ४ मा पनि जसपाकै देवेन्द्र प्रसाद यादव निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?