+
+

ग्रामथानमा २३ सय मत गन्न बाँकी हुँदा माओवादी उम्मेदवार १४ सय मतले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ७:५५

१७ मंसिर, विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित नजिक पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार २८० मत पाएका छन् । उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार ७९१ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वासले ३ हजार २६६ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु मतगणना नसकिँदै माझीको जित निश्चित भएको भन्दै मतगणना स्थल आसपास खुसियाली मनाइरहेका छन् ।

ग्रामथानमा नमोनारायण माझीले दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारसँग १ हजार ४ सय ८५ मतको अग्रता बनाएका छन् ।

ग्रामथानमा अब २ हजार ३ सय ८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?