+
+
एनपीएल : :

काठमान्डु गुर्खाजविरुद्ध चितवन राइनोजले पहिले बलिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ८:४५

१७ मंसिर, काठमाडौं । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज् भिड्दैछन् । टीयू मैदानमा चितवन राइनोजले टस जितेर काठमान्डु गुर्खाज विरुद्ध पहिलो बलिङ गर्ने निर्णय गरेको छ ।

काठमाडौंको विदेशी खेलाडीमा इंग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् ।

त्यसैगरी चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इंग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इंग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् ।

आजको दोस्रो खेल कर्णाली याक्स र जनकपुर बोल्ट्स्‌बीच दिउँसो १:१५ बजे  हुनेछ ।

शनिबार भएको एनपीएल उद्घाटन खेलमा जनकपुर बोल्टस्‌ले विराटनगर किंग्सलाई पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?