+
+

कीर्तिपुर–४ को अध्यक्षमा कांग्रेसका बानियाँ विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते ११:४२

१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेस उम्मेदवार राजेन्द्र बानियाँ १ हजार १५५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार पविता खड्का अधिकारीले ८०६ मत प्राप्त गरिन् । तेस्रो स्थानमा रहेको नेकपा एमालेका बद्री बुढाथोकीले ४६० मत प्राप्त गरे ।

माओवादी केन्द्रका उम्मेदवार नारायण विष्टले ३८१ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?