+
+

डोल्पाको त्रिपुरासुन्दरी-५ मा माओवादीका झाक्री विजयी

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १२:२५

१७ मंसिर, काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी विजयी भएको छ ।

उपनिर्वाचनअन्तर्गत सोमबार सम्पन्न मतगणना अनुसार माओवादीका नरबहादुर झाक्री विजयी भएका हुन् ।

विजयी भएका झाक्रीले १६१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए । यस्तै तेस्रो भएका  नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए ।

यो वडामा २०७९ को निर्वाचनमा एमालेका नन्दलाल रोकाले माओवादीका जंगबहादुर रोकायलाई ६ मतान्तरले पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?