
काठमाडौं । मेलिना राई र बलबहादुर राजवंशीको स्वरमा ‘मैले जिउने संसार’ गीत सार्वजनिक भएको छ । प्रेमभावको यो गीतमा रमेश मास्केको शब्द र बलबहादुरकै संगीत छ । गीतलाई सुरज श्रेष्ठले एरेन्ज गरेका हुन् ।
यसअघि मेलिना र बलबहादुरले गाएको ‘जेल पनि सहुँला’ गीत लोकप्रिय भएको थियो । गीतको भिडियोमा कुन्साङ बोम्जन र आरजु चौधरीले अभिनय गरेका छन् । जीवन शाही निर्देशित भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ ।
गायक बलबहादुर भ्वाइस अफ नेपाल सिजन २ का प्रतिपस्पर्धी समेत हुन् । उनका नेपालीका साथै राजवंशी, मैथिली र भोजपुरी भाषामा समेत गीत सार्वजनिक भएका छन् ।
‘मैले जिउने संसार’ ‘बलबहादुर राजवंशी’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4