+
+

सर्केगाडको उपाध्यक्षमा माओवादीले एमालेलाई उछिन्यो

सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १४:४३
उपाध्यक्षका उम्मेदवारहरू बायाँबाट क्रमश : सविता बुढा (कांग्रेस), देवकी तिमल्सेना (माओवादी), जाना शाही (एमाले)

१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रले अग्रता लिएको छ ।

सोमबार दिउँसो साढे २ बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ४७७ मतसहित अग्रता लिएकी हुन् ।

यसैगरी नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ४०३ र नेपाली कांग्रेसकी सविता बुढाले ३४८ मत पाएकी छन् ।

राप्रपा उम्मेदवार संगीता शाहीले २० र रास्वपा उम्मेदवार बाँचा बुढाले ५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?