+
+

घुस रकमसहित रोल्पा ट्राफिक प्रमुख ललितकुमार बुढाथोकी अख्तियारको नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १५:५४

१७ मंसिर, काठमाडौं । रोल्पाका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकी घुससहित रंगे हात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलको सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले सई बुढाथोकीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

उनलाई २५ हजार घुससहित पक्राउ गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनले सवारी आवतजावत सहजीकरण गरिदिने भन्दै २५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । अख्तियारको टोलीले उनलाई निवासबाटै पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?