+
+

कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले दिए आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १६:२१

१७ मंसिर, काठमडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि ६ जनाले आवेदन दिएका छन् । उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनौट समितिले सोमबार ६ जनाको नाम सार्वजनिक गरेको हो ।

उपकुलपतिका लागि प्रा.डा अर्जुन कुमार श्रेष्ठ, प्रा.डा. कल्याणी मिश्र त्रिपाठी, प्रा.डा पुस्करबहादुर पाल, प्रा.डा वलराम कुमार भट्ट, प्रा.डा शारदा थपलिया र प्राडा होमबहादुर बस्नेतले आवेदन दिएका हुन् ।

छनोट भएका उम्मेदवारको सोचपत्र तथा कार्य योजनाको प्रस्तुतीकरण र अन्तवार्ता आगामी २४ मंसिरमा हुनेछ । समितिले कात्तिक २१ मा उपकुलपतिका लागि दरखास्त आह्वान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?