+
+

शहरी विकास मन्त्रालयको सचिवमा सिग्देल

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १६:३०

१७ मंसिर, काठमाडौं । शहरी विकास मन्त्रालयको सचिवमा गोपाल सिग्देल नियुक्त भएका छन् ।

सचिव मणिराम गेलाल अवकाशमा गएपछि शहरी विकास मन्त्रालयमा सचिव पद रिक्त थियो । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिग्देललाई शहरी विकास मन्त्रालय पठाउने निर्णय गरेको हो ।

सोमबार मन्त्रालयमा कर्मचारीहरुले सचिव सिग्देलको स्वागत गरेलगत्तै उनले कार्यभार सम्हालेका छन् ।

उनी यसअघि जल तथा ऊर्जा आयोगमा सचिव थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?