
काठमाडौं । अभिनेत्री जान्ह्वी बस्नेत दुई वर्षपछि फिल्ममा फर्किएकी छन् । उनको शीर्ष भूमिका रहने फिल्म ‘प्रेम गीता’को छायांकन सोमबारदेखि काभ्रेको पाँचखालमा सुरु भएको छ ।
बस्नेतको पछिल्लो फिल्म ‘चोर र पुलिस’ थियो । आगामी फिल्म ‘प्रेम गीता’लाई राजेन्द्र बस्नेतले डेब्यु निर्देशन गर्नेछन् । उनले यसअघि ‘कम्पन’ र ‘काउसो’मा लगानी गरेका थिए ।
फिल्ममा जान्ह्वीसहित सुशील पोखरेल, साजिद खान, आशा पौडेल, अर्जुन गुरुङ, दीपक केसी, खुश्बु पाण्डे, माधव केसी, मानषी शर्मा, दिप्सन लिम्बू, मौसम खड्का र ममता माझीको अभिनय हुने जनाइएको छ ।
अयाज अलि खान निर्माता छन् । काठमाडौं र काभ्रेमा २५ दिनसम्म छायांकन हुनेछ । फिल्ममा मौनता श्रेष्ठको पटकथा, रामेश्वर हुमागाईंको छायांकन, भरत बस्नेतको संगीत, राजु किरातको द्वन्द्व, रामजी लामिछानेको नृत्य र रवि केसीको श्रृंगार हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4