+
+
स्थानीय तह उपनिर्वाचन :

सर्केगाडमा माओवादीको अग्रता, कांग्रेस पछ्याउँदै

सोमबार साँझ ६: २०  बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ९४८ मतसहित अग्रता लिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १८:२०

१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षका लागि भएको उपनिर्वाचनको मतगणनामा माओवादी केन्द्रको अग्रता कायमै छ ।

सोमबार साँझ ६: २०  बजेसम्मको परिणाम अनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमल्सिनाले ९४८ मतसहित अग्रता लिएकी हुन् ।

यसैगरी नेपाली कांग्रेसकी सविता बुढाले ८६७ मत पाएकी छन् भने नेकपा एमालेकी उम्मेदवार जाना शाहीले ६४१ मत पाएकी छिन् ।

यस्तै राप्रपा उम्मेदवार संगीता शाहीले ३६ र रास्वपा उम्मेदवार बाँचा बुढाले १२ मत पाएका छन् ।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट चन्द्रसिंह कार्कीले उपाध्यक्षमा चुनाव जित्दा ३ हजार २ सय ६९ मत पाएका थिए ।

एमालेकी जुनकुमारी फडेरा १ हजार ६४ मत ल्याएर उपविजेता भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?