+
+

कीर्तिपुर मतगणना : सात वडाको सकियो, तीन वडाको गन्न बाँकी

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार सम्भवतः आजै राति १० देखि ११ बजेसम्ममा मतगणनाको अन्तिम नतिजा आइसक्ने छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते १८:५१

१७ मंसिर, काठमाडौं । कीर्तिपुरको स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । १० वटा वडा रहेको नगरपालिकामा सात वटा वडा (१ देखि ७ नम्बर वडा) को मतगणना भइसकेको छ । अब तीन वटा (८, ९ र १०) वडाको मात्र मत गन्न बाँकी छ ।

मतदान अधिकृत इन्दिरा कार्कीका अनुसार सम्भवतः आजै राति १० देखि ११ बजेसम्ममा मतगणनाको अन्तिम नतिजा आइसक्ने छ ।

‘अहिले वडा नम्बर ८ को मतगणना भइरहेको छ । जनशक्ति थपेर तीन टोलीले मतगणना गरिरहेकोले सम्भवतः राति १० देखि ११ बजेसम्ममा अन्तिम नतिजा आइसक्ने छ,’ उनले भनिन् ।

पछिल्लो मतपरिणाम अनुसार मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

डंगोलले ३ हजार ३८५ मत प्राप्त गरेका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवारभन्दा डंगोल ६५९ मतले अगाडि छन् । एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धरले २ हजार ७२६ मत प्राप्त गरेका छन् ।

यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ३१७ मत प्राप्त गरेका छन् ।

केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार २०७ मत प्राप्त गरेका छन् । उनलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।

निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?