
१७ मंसिर, काठमाडौं । नेपाल प्रहरीको नेपाल प्रहरीको वरिष्ठ उपरीक्षक (एसएसपी)का २० दरबन्दी रिक्त भएका छन् । आज सोमबार ८ एसएसपी प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएर दर्ज्यानी चिन्ह लगाएसँगै २० एसएसपीको दरबन्दी खाली भएको हो ।
एसएसपीको बढुवामा अहिले दुई ब्याचका एसपीहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ । जसमा २०५६ मा प्रहरी निरीक्षक (इन्सपेक्टर)मा भर्ना भएकाहरू र २०५८ मा इन्सपेक्टरमा भर्ना भएकाहरूबीच प्रतिस्पर्धा हुनेछ ।
२०५६ मा भर्ना भएकामध्ये ६ जना अहिले पनि एसपी छन् । जसमा गोविन्द अधिकारी, विनोद सिलवाल, विमलराज कँडेल, तुलबहादुर कार्की, रोकश सिंह र राजिव बस्नेत छन् ।
यद्यपी उनीहरू पनि २०५८ कै टोलीसँग एसपीमा बढुवा भएका थिए । २०५८ मा इन्सपेक्टरमा भर्ना भएका ८९ जनाहरू पाँच लटमा एसपीमा बढुवा भएका थिए । जसमा २०७५ फागुन ३ गते पहिलो लटमा बढुवा भएका थिए ।
२०५८ का ब्याचीहरू पहिलो लटमा २०७५ फागुनमा बढुवा हुँदा २०५६ का टोलीका अधिकारी, सिलवाल र कँडेलसँगै बढुवा भएका थिए ।
कार्की, सिंह र बस्नेत भने २०५८ कै टोलीको दोस्रो लटमा २०७७ वैशाखमा हुँदा उनीहरू पनि बढुवा भएका थिए । जसकारण अहिले २०५६ का टोली र २०५८ का टोलीहरूबीच एसएसपी बढुवामा प्रतिस्पर्धा हुने देखिन्छ ।
२०५८ को ब्याचीको पहिलो नम्बरका एसपी रमेश थापासँगै उनीसँग बढुवा भएका प्रकाश रानाभाट, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रन्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढामगर प्रतिस्पर्धामा छन् ।
उनीहरूभन्दा पछि २०७७ वैशाख १७ मा बढुवा भएका २०५८ कै ब्याचीहरू पनि बढुवाको प्रतिस्पर्धामा छन् ।
जसमा होविन्द्र बोगटी, बेद विष्ट, दयानिधि ज्ञवाली, सन्तोष सिंह राठौर, शान्तिराज कोइराला, संञ्जयसिंह थापा, महेन्द्र खड्का, प्रभु ढकाल, दीपक पोखरेल, प्रकाश मल्ल, ज्ञानेन्द्र फुयाल, राजेन्द्रप्रसाद धमला, प्रविण धिताल लगायत छन् ।
एसएसपीको बढुवा सिफारिस समितिमा गृहमन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक (आईजी) सदस्य र आईजीले तोकेको एआईजी सदस्य सचिव रहने व्यवस्था छ ।
प्रतिक्रिया 4