
१७ मंसिर, काठमाडौं । कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले आफ्नो मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो परिणाम अनुसार उनले ४ हजार १ सय ८ मत प्राप्त गरेका छन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र मानन्धरले ३ हजार १ सय ८ मत प्राप्त गरेको निर्वाचन अधिकृत इन्दिरा कार्कीले अनलाइनखबरलाई जानकारी दिइन् ।
उनका अनुसार कीर्तिपुरका आठ वटा वडाको गणना सकिएको । १० वटा वडा रहेको यस नगरपालिकाको अब दुई वटा वडामात्रै गणना गर्न बाँकी रहेको कार्कीले बताइन् ।
यसअघि आयोगले दिएको विवरणमा कांग्रेसका डंगोल एमाले उम्मेदवार मानन्धरभन्दा ६ सय ५९ मतले अगाडि थिए ।
उक्त मतान्तरलाई बढाउँदै डंगोलले अहिले एक हजार पुर्याएका छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले २ हजार ७ सय ४० मत प्राप्त गरेका छन् ।
केटाकेटी चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राजमान महर्जनले १ हजार ४ सय ७५ मत प्राप्त गरेका छन् ।
राजमानलाई धरानका मेयर हर्क साम्पाङले समर्थन गरेका थिए ।
प्रतिक्रिया 4