
१७ मंसिर, काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई पछि पार्दै नेकपा एमालेले अग्रता लिएको छ ।
यसअघि माओवादी केन्द्रका उम्मेदवार निम लेकी शेर्पाले अग्रता कायम राखिरहेकी थिइन् । पछिल्लो परिणाम अनुसार नेकपा एमालेकी उम्मेदवार उमा लुङ्गेली मगर शेर्पाले अग्रता बनाएकी छिन् ।
निर्वाचन आयोगका अनुसार, गौरीशंकरमा एमालेकी उमाले १ हजार ९ सय ७२ मत प्राप्त गरेकी छिन् । त्यस्तै, माओवादी केन्द्रकी उम्मेदवार निम लेकीले भने १ हजार ९ सय ६ मत प्राप्त गरेकी छिन् ।
उनीहरूबीचको मतान्तर ६६ मतको छ ।
नेपाली कांग्रेसकी उम्मेदवार पासखिकी तामाङले भने १ हजार २ सय ८१ मत प्राप्त गरेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4