+
+

उदयपुर बेलकाको वडाध्यक्षमा माओवादीको सुरुआती अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १७ गते २१:२५

१७ मंसिर, काठमाडौं । उदयपुरको बेलका नगरपालिका ९, को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले सुरुआती अग्रता लिएको छ । सोमबार ढिलो गरी सुरु भएको मत गणनामा माओवादीका उम्मेदवार भरत घिमिरे २ सय १८ मत सहित अग्रता लिइरहेका छन् ।

गएरातिदेखि मतगणना सुरु भए पनि बदर मतको विषयमा विवाद हुँदा गणना रोकिएको थियो । बदर भएका मत पुन: गणना गर्ने सहमति भएपछि सोमबारबाट फेरि मत गणना भएको हो ।

हालसम्मको मत परिणामअनुसार घिमिरेलाई पछ्याइरहेका नेकपा एमालेले पछ्याइरहेको छ । नेकपा एमालेका उम्मेदवार मोहन खड्काले १ सय ८७ मत पाएका छन् । त्यस्तै तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका नवराज बस्नेतले १ सय ४९ मत पाएका छन् ।

निर्वाचन आयोगका अनुसार बेलका ९ मा १ हजार ८८५ मत खसेको थियो । २०७९ वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काग्रेसका पदम खड्का वडाध्यक्षमा निर्वाचित भएका थिए।

उनको मोटरसाइकल दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा वडामा ७ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?