
१८ मंसिर, काठमाडौं । स्थानीय बजारमा सुनको भाउ बढेको छ । सोमबारको दाँजोमा आज मंगलबार तोलामा १ हजार रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार १ लाख ४९ हजार ३ सय रुपैयाँ थियो ।
त्यसैगरी चाँदीको भाउ मंगलबार ३० रुपैयाँ बढेर तोलाको १ हजार ८ सय ४५ मा किनबेच भइरहेको छ । सोमबार तोलाको १ हजार ८ सय १५ रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4