+
+
उपनिर्वाचनः :

राप्रपाका ८ उम्मेदवारले कटाएनन् १० मत

४१ पदका लागि भएको चुनावमा राप्रपाले अधिकांश ठाउँमा उम्मेदवार खडा गरेको थियो । त्यसमध्ये आठ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ मंसिर १८ गते १३:३४

१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) स्थानीय तहको उपनिर्वाचनमा कतै पनि प्रतिस्पर्धामा आउन सकेन । ४१ पदका लागि भएको चुनावमा राप्रपाले अधिकांश ठाउँमा उम्मेदवार खडा गरेको थियो । त्यसमध्ये आठ जना उम्मेदवारले १० मत पनि कटाउन सकेनन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्षमा राप्रपाबाट मो मनान खाँ उम्मेदवार थिए । उनले जम्मा २ मत पाए ।

ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को उवाअध्यक्षका उम्मेदवार चन्द्र मणि दाहालले ३ मत ल्याए ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाअध्यक्षका उम्मेदवार रामवालक साहले ४ मत पाए । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ का उम्मेदवार रत्न बहादुर श्रीपालीले पनि ४ मत मात्रै ल्याए ।

गुल्मीको मसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाकी इश्वरी खातीले ५ मत ल्याइन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ४ का उम्मेदवार राम कुमार यादवले ६ मत प्राप्त गरे ।

जाजरकोटको कुसे गाउँपालिका वडा नम्बर ७ मा राप्रपाका लाल बहादुर खत्रीले ८ मत पाए । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ मा राप्रपाका पहल बहादुर वलीले १० मत ल्याए ।

राजेन्द्र लिङ्देनकै जिल्लामा न्यून मत

राप्रपाका १० जना उम्मेदवारले १२ देखि २८ सम्म मत पाएका छन् । यसभित्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापा समेत पर्छ ।

झापाको कन्काइ नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्षमा राप्रपाले नारायणप्रसाद सिटौलालाई उम्मेदवार बनाएको थियो । यहाँ स्वतन्त्र उम्मेदवार लक्ष्मी प्रसाद वली ४९३ मत ल्याएर विजयी भए । राप्रपाका उम्मेदवार सिटौलाले पाँचौँ स्थानमा रहँदै २६ मत पाए ।

गोरखाको गोरखा नगरपािलका– ५ मा राप्रपाकी कल्पना रानाले १२ मत ल्याइन् । दैलेखको दुल्लु नगरपालिका– १३ मा राप्रपाका रेशम बहादुर मल्ल उम्मेदवार थिए । उनले १३ मत पाए ।

दैलेखको महाबु गाउँपालिको अध्यक्षमा समेत राप्रपाका उम्मेदवार थिए । जहाँ एमालेका उम्मेदवार जंग बहादुर शाही तीन हजार १२७ मत ल्याएर विजयी हुँदा राप्रपाका उम्मेदवार सुर्जे रावतले जम्म ४७ मत पाए ।

रौतहटको ईशनाथ नगरपालिका– ७ मा राप्रपाका उम्मेदवार मदन शाहले १४ मत ल्याए ।

राप्रपाले उदयपुरको त्रियुगा नगरपालिका– १२ मा लाल वावु साहलाई उम्मेदवार बनाएको थियो । साहले १७ मत पाए ।

राप्रपाले कालीकोटको तिलगुफा र रौतहटको राजपुरमा पनि समान १७/१७ मत ल्याएको छ । तिलगुफा नगरपालिका– ४ मा गोगन बहादुर शाही उम्मेदवार थिए भने राजपुर नगरपालिका– ६ मा रामनारायण प्रसाद जयसवाल उम्मेदवार थिए ।

राप्रपाले धनुषा र उदयपुरमा समान २७/२७ मत पाएको छ । धनुषाको धनुषाधाम– १ मा रामदेव सिंह दनुवार उम्मेदवार थिए । उदयपुरको बेलका नगरपालिका– ९ मा टिका प्रसाद फुँयाल उम्मेदवार थिए । दुवैले जमानत जोगाउनसक्ने मत ल्याउन सकेनन् ।

नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ मा राप्रपाका उम्मेदवार खेम बहादुर थापाले २८ मत पाए ।

५० देखि एक सय मत ल्याउने उम्मेदवार राप्रपामा चार जना देखिए । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा राप्रपाबाट संगिता शाही उम्मेदवार थिए । यहाँ माओवादीकी देवकी तिमिल्सीना एक हजार ६ सय ३७ मत ल्याएर विजयी हुँदा राप्रपाकी शाहीले जम्मा ५१ मत प्राप्त गरिन् ।

बर्दियाको ठाकुरबाबा नगरपालिका–४ को अध्यक्षमा राप्रपाबाट रत्न उम्मेदवार थिए । उनले जम्मा ५२ मत ल्याए ।

कीर्तिपुर नगरपालिका– १ मा राप्रपाका उम्मेदवार सुरेन्द्र प्रसाद उप्रेतीले ६४ मत ल्याए ।

कपिलवस्तुको शुद्धोधन गाउँपालिका– १ मा राप्रपाका उम्मेदवार इनताज अहमद धोवी ६६ मतमा सीमित भए ।

सुनसरीको गढी गाउँपालिका– ६ मा पनि राप्रपाको मत न्युन रह्यो । जहाँ कांग्रेसका उम्मेदवार तेतर साहु ८ सय १६ मत ल्याएर निर्वाचित हुँदा राप्रपाका उम्मेदवार कविता कुमारी उरावले ८७ मत ल्याइन् ।

सय मत कटाउने ८ उम्मेदवार
उपनिर्वाचन लडेका राप्रपाका उम्मेदवारहरूमा एक सय मत कटाउने ८ जना छन् । राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरमा ध्रुव महर्जनलाई उठाएको थियो ।

जहाँ नेपाली कांग्रेसका कृष्णमान डंगोल ५ हजार ३३४ मत ल्याएर विजयी भए । राप्रपाका मेयर उम्मेदवार महर्जनले ९९५ मत पाए ।

कीर्तिपुर नगरपालिकाकै वडा नम्बर ४ मा राप्रपाबाट बिजेस बस्नेत उम्मेदवार थिए । उनले १४२ मत पाए ।

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा राप्रपाबाट दिनेश कुमार थन्दार उम्मेदवार थिए । जहाँ माओवादी केन्द्रका नमो नारायण माझी ६ हजार ९६९ मत ल्याएर विजयी भए । राप्रपाका थन्दारले ५५५ मत प्राप्त गरे ।

राप्रपाले दोलखाको गौरीशंकार गाउँपालिकाको उपाध्यक्षमा मन कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । जहाँ एमालेका उमा लुङ्गेली मगर शेर्पा दुई हजार ८०५ मत ल्याएर विजयी भए । राप्रपाका उम्मेदवार श्रेष्ठले ११८ मत ल्याइन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ वडा का उम्मेदवार सतिश कुमार चौधरी थारुले १६५ मत ल्याए । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा राप्रपाका प्रेम बहादुर भोलनले १७८ मत पाए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा राप्रपाबाट सुसिल कुमार भट्ट उम्मेददवार थिए । भट्टले ३६९ मत पाए ।

काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि राप्रपाका उम्मेदवार थिए । यहाँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रोजिना श्रेष्ठ दुई हजार ९०२ मत ल्याएर निर्वाचित भइन् । राप्रपाका उम्मेदवार श्याम कुमार श्रेष्ठले पाचौं स्थानमा रहँदै ७७४ मत प्राप्त गरे ।

उपनिर्वाचनमा राप्रपाले पाएको मत

                                                           क्षेत्र                            प्राप्त मत
रामगोपालपुर नगरपालिका २,  महोत्तरी  २
मोलुङ गाउँपालिका ५, ओखलढुंगा
गढीमाई नगरपालिका ८, रौतहट
लालीगुराँस नगरपालिका ८, तेह्रथुम
मुसिकोट नगरपालिका १, गुल्मी
डाक्नेश्वरी नगरपालिका ४, सप्तरी
कुसे गाउँपालिका ७, जाजरकोट
रुन्टीगढी गाउँपालिका ४, रोल्पा १०
गोरखा नगरपालिका ५, गोरखा १२
दुल्लु नगरपालिका १३, दैलेख १३
ईशनाथ नगरपालिका ७, रौतहट १४
त्रियुगा नगरपालिका १२, उदयपुर १७
तिलगुफा नगरपालिका ४, कालीकोट १७
राजपुर नगरपालिका ६, रौतहट १७
कन्काइ नगरपालिका ६, झापा २६
धनुषाधाम १, धनुषा २७
बेलका नगरपालिका ९, उदयपुर २७
ककनी गाउँपालिका २, नुवाकोट २८
महाबु गाउँपालिका, दैलेख ४७
सर्केगाड गाउँपालिका, हुम्ला ५१
ठाकुरबाबा नगरपालिका ४, बर्दिया ५२
कीर्तिपुर नगरपालिका १, कीर्तिपुर ६४
शुद्धोधन गाउँपािलका १, कपिलवस्तु ६६
गढी गाउँपालिका ६, सुनसरी ८७
गौरिशंकार गाउँपालिका, दोलखा ११८
कीर्तिपुर ४, कीर्तिपुर १४२
डाक्नेश्वरी नगरपालिका, सप्तरी १६५
हेटौंडा उपमहानगरपालिका १२, मकवानपुर १७८
भीमदत्त नगरपालिका ६, कञ्चनपुरक ३६९
ग्रामथान गाउँपालिका, मोरङ ५५५
काठमाडौं महानगरपालिका १६, काठमाडौं ७७४
कीर्तिपुर नगरपालिका, कीर्तिपुर ९९५
लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?