+
+

कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १३:०५

काठमाडौं । नयाँ टेलिभिजन कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने भएको छ । मिमिक्री कमेडीलाई लक्षित गर्दै तयार पार्न लागिएको शोलाई हास्य कलाकार दिनेश काफ्लेले निर्देशन गर्नेछन् ।

दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्न लागेको शोको अहिले सेट डिजाइन भइरहेको छ । काफ्लेका अनुसार शो फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ । शोको डिजिटल राइट्समा ओएसआर डिजिटल छ । कुनै एक राष्ट्रिय टिभीमार्फत शो प्रसारण हुने जनाइएको छ ।

‘अहिले स्टुडियोको काममा व्यस्त छौं, यो शो नेपालका लागि मात्र नभई वर्ल्डमै फरक हुनेमा ढुक्क छौं । हामीले बुझे अनुसार मिमिक्री गर्नेहरुका लागि छुट्टै शो बनेको छैन’ निर्देशक काफ्लेले भने, ‘छिट्टै हामी डिजिटल अडिसन खुलाउने तयारीमा छौं ।’

उनका अनुसार शोमा तीन निर्णायक हुनेछन् भने एक मिमिक्री निर्णायक छुट्टै हुनेछ । काफ्ले अगाडि भन्छन्, ‘मिमिक्रीसँगै अभिनय गर्नेहरूलाई लक्षित गरेर निर्णायक टिम बनाउँदै छौं ।’

शोको विजेतालाई कार र नगद उपहार प्रदान गरिने जनाइएको छ । विजेताले विदेशका कार्यक्रममा समेत प्रस्तुति दिने अवसर पाउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?