+

साद बिन जफर र रामोन सिमण्ड्स एनपीएल खेल्न काठमाडौंमा 

२०८१ मंसिर  १८ गते १३:२३ २०८१ मंसिर १८ गते १३:२३
साद बिन जफर र रामोन सिमण्ड्स एनपीएल खेल्न काठमाडौंमा 

१८ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडियन क्रिकेटर साद बिन जफर र बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स मंगलबार बिहान नेपाल आईपुगेका छन् ।

जफर र सिमोण्ड्स दुवैले लुम्बिनी लायन्सबाट नेपाल प्रिमियर लिग खेल्नेछन् । लुम्बिनीका दुई विदेशी खेलाडी टम मुर्स र अष्ट्रेलियन अलराउण्डर बेन कटिङ यसअघि नै नेपाल आइपुगिसकेका छन् ।

२०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ मा क्यानडाको फस्ट क्लास क्रिकेटमा डेब्यु  गरेका थिए । उनले राष्ट्रिय टोलीका लागि सबै फर्म्याटमा निरन्तर प्रतिनिधित्व गरेका छन् ।

बायाँ हाते स्लो स्पिन र  बायाँ हाते ब्याटिङले मैदानमा बलियो उपस्थिति दिलाउँदै आएका जफरलेक्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसिया जोक्सको तर्फबाट खेल्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् ।

जफरले क्रिकेट इतिहासमा एउटा बेग्लै स्थान राखेका छन् । टी–२० अन्तर्राष्ट्रिय खेलमा ४ ओभरको बलिङ स्पेलमा एक रन पनि नदिई कीर्तिमान बनाउने उनी पहिलो खेलाडी हुन् । नोभेम्बर २०२१ मा भएको पनामा विरुद्धको उक्त खेलमा उनले ४ ओभरमा २ विकेट लिएर ४–४–०–२ को कीर्तिमानी प्रदर्शन गरेका थिए, जुन उपलब्धि आजसम्म अपराजित छ ।

नेपाल प्रिमियर लिगका लागि लुम्बिनी लायन्ससँग आबद्ध हुन पाउँदा उन्ले अत्यन्तै उत्साहित भएको र  अहिलेसम्म प्राप्त गरेको अनुभवले लुम्बिनी लायन्स तथा समग्र नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउन चाहेको बताएका छन् ।  साद बिन जफर लुम्बिनी लायन्समा थपिएसँगै नेपाल प्रिमियर लिग २०२४ अझ रोमाञ्चक हुने भएको छ ।

त्यस्तै लुम्बिनी लायन्स बाट नेपाल प्रेमियर लिग खेल्नका लागि बार्बडियन फास्ट बलर रामोन सिमण्ड्स पनि नेपाल आईपुगेका छन् ।

बायाँ हाते पेसरको रुपमा सिमण्ड्सले २० वर्षको उमेरमा नै वेस्ट इन्डिज क्रिकेटमा आफ्नो पहिचान बनाइसकेका छन् । विशेषगरी उनले आईसीसी यू–१९ क्रिकेट विश्वकपमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन देखाएका थिए । दबाबको स्थितिमा पनि उत्कृष्ट बलिङ गर्ने सक्षमता र आफ्नो धारिलो बलिङले टप अर्डर ब्याट्सम्यानलाई पनि चुनौती दिन सक्ने क्षमताले उनी लुम्बिनीका लागि महत्वपूर्ण खेलाडी हुनेछन् ।

लुम्बिनी लायन्सको मार्की प्लेयरमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित कुमार पौडेल रहेका छन् भने प्रमुख प्रशिक्षकमा नन्दन फदनिस रहेका छन । लुम्बिनी लायन्सले आफ्नो पहिलो खेल मङ्सिर १९ गते विराटनगर किङ्सविरुद्ध खेल्नेछ ।

 

लुम्बिनी लायन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय