+
+

इटहरीमा स्कुल बसमाथि निगरानी बढाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १४:०४

१८ मंसिर, विराटनगर । इटहरीमा स्थानीय प्रशासनले विद्यालय बसमाथि निगरानी बढाएको छ । नियमविपरीत विद्यार्थी बोक्ने गुनासो आएपछि उपमहानगरपालिका र प्रहरीले निगरानी बढाएको हो ।

सिट संख्या भन्दा बढी विद्यार्थी राखेपछि मंगलबार १२ वटा स्कुल बसलाई कारवाही गरेको छ । ति बसमा सिट संख्या भन्दा बढी विद्यार्थी राखेर विद्यार्थीलाई बसमा उभ्याएर स्कुल लगिएका थिए ।

विद्यार्थीहरूको उभ्याएर बसमा यात्रा गराएका कारण कारवाही सुरु गरेको इटहरीका मेयर हेमकर्ण पौडेलले जानकारी दिए ।

नियमविपरीत स्कुल बसमा विद्यार्थी बोक्ने विद्यालयका प्रधानाध्यापकलाई पनि विद्यार्थीको सुरक्षामा लापरबाही नगर्न सचेत गराएको उपमहानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?