+
+

प्रियंका कार्की र दीया मास्के अभिनित हरर फिल्म ‘ममी’को प्रदर्शन मिति तय

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १४:४१

काठमाडौं । प्रियंका कार्की स्टारर हरर फेमिली ड्रामा ‘ममी’को प्रदर्शन मिति तय भएको छ । निर्माताले पोस्टर सार्वजनिक गर्दै २५ माघमा फिल्म देशब्यापी प्रदर्शन हुने जनाएका छन् ।

यसअघि ‘क्राइम प्याट्रल’ टिभी सिरिजको लेखन तथा निर्देशन गरेका समर निरौलाको यो डेब्यु निर्देशकीय प्रोजेक्ट हो । नेपाली समाजमा दबिएर रहेको कथालाई आफूले कथामार्फत प्रस्तुत गरेको उनले बताए ।

‘हामी सांस्कृतिकरुपमा दबिएर बसेका छौं । भन्न खोजेको कुरा पनि भन्न सक्दैनौं । मान्छे मर्दा पनि १३ दिनको क्रिया हुन्छ । तर, दबिएको कुरा बाहिर ननिस्किँदा यसको प्रभाव भिन्न हुन्छ’ फिल्मको आइडियाबारे उनले भने ।

पोस्टरसँगै निर्माताले कथा सारांश पनि सार्वजनिक गरेका छन् । जसअनुसार, मायालु घरपालुवा कुकुर गुमाएपछि सपनाकी छोरीले घरमा कालो बिरालोलाई पाल्न ल्याउँछिन् । कालो बिरालाको प्रवेशसँगै घरमा अदृश्य शक्तिले राज गर्न थाल्छ र अनपेक्षित घटना हुन थाल्छन् ।

यो समस्या समाधान गर्न मुख्य पात्रले गर्ने संघर्षको कथा ‘मम्मी’ हो । पूर्णिमा जोशीसँग मिलेर निरौलाले पटकथा लेखेका हुन् । निशल पौडेल र शरद महतोको छायांकन, सुरेन महर्जनको सम्पादन छ । लोकराज जोशी र पूर्णिमा जोशी निर्माता हुन् ।

फिल्ममा प्रियंकासहित दीया मास्के, सुलक्षण भारती, समीप निरौला, जेभिस श्रेष्ठ, आयुशी ढकालको अभिनय छ । सो-ट्वान्टी फाइभको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?