+
+

सौगातपछि ‘कल्ली’मा वर्षा र नाजिर पनि भित्रिए

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १६:५६

काठमाडौं । पुस १० गतेदेखि छायांकन सुरु हुन लागेको कथानक फिल्म ‘कल्ली’ यतिबेला कास्टिङलाई लिएर चर्चामा छ । पछिल्लो समय मल्टिस्टारर फिल्मको ट्रेन्ड चलिरहँदा निर्माताले दुई नयाँ कलाकारलाई फिल्ममा ल्याएका छन् ।

अभिनेता नाजिर हुसेन र अभिनेत्री वर्षा राउतले यो फिल्म खेल्ने पक्का भएको छ । निर्माता किरण नेपालीले दुबैजनासँग कागजी सम्झौता भएको जानकारी दिएका छन् । यद्यपि यी दुईजना कलाकारको चरित्र चित्रणबारे खुलाइएको छैन ।

फिल्ममा यसअघि सौगात मल्ल, अर्पण थापा, वुद्धि तामाङ, कमलमणी नेपाल र बेनिशा हमाल अनुबन्धित भैसकेका छन् । यस्तै, उत्तम प्रधान, माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन् ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्ममा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको नृत्य रहने जनाइएको छ । लक्ष्मण सुनारको पटकथा र निर्देशन हुनेछ । पटकथा तथा संवाद महेश दवाडीको हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?