
१८ मंसिर, काठमाडौं। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसद सचिवालयभित्रैबाट प्रतिनिधि सभाको सचिव बनाउन आग्रह गरेका छन् ।
मंगलबार संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोगमा संघीय संसद सचिवालयले ललितपुरको एक होटलमा गरेको कार्यक्रममा सहभागी खतिवडाले यस्तो आग्रह गरेका हुन् ।
उक्त कार्यक्रममा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना र संसदीय समितिका सभापतिहरू सहभागी थिए ।
उक्त कार्यक्रममा बोल्दै प्रतिनिध सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले संसद सचिवालय भित्रै कार्यरत रहेका कर्मचारीहरूबाट प्रतिनििध सभाको सचिव बनाउनु उपयुक्त हुने सुझाएका हुन् ।
तर, सभामुख यस्तो आग्रहमा मौन रहे।
हाल प्रतिनिधि सभाको सचिव पद रिक्त छ । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले यही मंसिर ९ गते राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेको छ ।
प्रतिक्रिया 4