+
+

विद्यालय तह परीक्षा सुधार गर्न शिक्षा मन्त्रालयले माग्यो सुझाव

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको परीक्षा प्रणाली सुधार गर्न सुझाव मागेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १८ गते १९:४८
फाइल तस्वीर

१८ मंसिर, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको परीक्षा प्रणाली सुधार गर्न सुझाव मागेको छ । सरोकारवाला निकायलाई १५ दिनभित्र राय सुझाव दिन मन्त्रालयले मंगलबार आग्रह गरेको हो ।

राष्ट्रिय परीक्षा बोर्डको संरचनासहित कक्षा १० र कक्षा १२ को परीक्षा प्रणालीमा सुधार, कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण, कक्षा ९ र ११ मा गरिने रजिष्ट्रेसन शुल्कका विषयमा पुनरावलोकन गर्न मन्त्रालयले सरोकारवालासँग राय मागेको हो ।

त्यसैगरी राष्ट्रिय परीक्षा बोर्डको संगठन संरचना तथा कर्मचारी समायोजन र व्यवस्थापनमा पनि राय सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ ।

परीक्षा सुधारका लागि मन्त्रालयले पूर्वसचिव शंकरप्रसाद पाण्डेको संयोजकत्वमा ६ सदस्य उच्चस्तरीय कार्यदल गठन गरेको थियो । सरोकारवाला निकायबाट राय सुझाव आएपछि कार्यदलले प्रतिवेदन तयार गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?