१८ मंसिर, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा यही डिसेम्बर अन्तिममा काठमाडौंमा दुई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुन भएको छ ।
संघका कोषाध्यक्ष तिलक पाण्डेले दिएको जानकारी अनुसार आगामी डिसेम्बर २३ देखि २६ तारिखसम्म नेपाल इन्टरनेशनल च्यालेन्ज २०२४ आयोजना हुनेछ ।
यो प्रतियोगिता सकिएको भोलिपल्ट अर्थात डिसेम्बर २७ देखि २९ सम्म नेपाल इन्टरनेशनल जुनियर प्रतियोगिता आयोजना हुनेछ ।
वर्ल्ड ब्याडमिन्टन र ब्याडमिन्टन एशियाको प्रायोजन र राष्ट्रिय खेलकुद परिषद् राखेपको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपालसहित २२ देशका खेलाडीले सहभागिता जनाउने छन् ।
उक्त प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अमेरिका, क्यानडासहित २२ देशले सहभागिता जनाउने कोषाध्यक्ष पाण्डेले जानकारी दिए ।
दुवै प्रतियोगिताका महिला र पुरुष खेलाडीलाई पुरस्कार प्रदान गर्दा मात्रै १५ हजार डलर खर्च हुनेछ । सिङ्गल्स र डबल्सका विजेताले १२ सय डलर प्राप्त गर्दा उपविजेताले ७२०, सेमिफाइनल पुगेकाले ३०० र क्वाटरफाइनलमा पुगेकाले १२० डलर पुरस्कार पाउने छन् ।
प्रतिक्रिया 4