
१९ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को बुधबारको पहिलो खेल कर्णाली याक्स र काठमान्डु गुर्खाजबीच अहिले टीयू क्रिकेट मैदानमा खेल भइरहेको छ । काठमान्डुले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो ।
आआफ्ना टिमको समर्थनमा उनीहरु खेल हेर्न बिहानैदेखि समर्थक मैदान पुगेका छन् । दर्शक मैदान प्रवेश गर्ने क्रम घटेको छैन । बाजागाजासहित दर्शकहरु चोभार एण्डमा पन्चे बाजा लिएर दर्शक आएका छन् ।
दुवै टोलीले आज एक एक परिवर्तन गरेका छन् । काठमाडौंले पेस बलर डान डौथवेटको ठाउँमा स्पीनर नाथन सोटरलाई खेलाएको छ भने कर्णालीले स्पीनर मौसम ढकालको ठाउँमा आइकोनिक खेलाडी बिपिन प्रसाद शर्मालाई खेलाएको छ ।
हिजो भएको खेलमा सुदूरपश्चिम र चितवनले जित निकालेका थिए । सुदूरपश्चिमले विराटनगरलाई ९० रनले हराउँदा चितवनले पोखरालाई ८७ रनले हराएको थियो ।
तस्वीरहरु : विकास श्रेष्ठ/चन्द्रबहादुर आले
प्रतिक्रिया 4