
१९ मंसिर, काठमाडौं । ९ महिनापछि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु भएको छ ।
सर्वोत्तम सिमेन्टको आईपीओ निष्कासनपछि फागुनदेखि रोकिएको थियो । आज बुधबारदेखि वैदेशिक रोजगारमा रहेकाहरूले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सक्ने छन् ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । जसमध्ये १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता सेयर अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकाहरूका लागि खुलेको हो ।
न्यूनतम १० कित्ता तथा अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् । आव २०८०/८१ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ ५९ पैसा छ भने प्रतिसेयर आम्दानी २५ पैसा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4