+
+

चितवनमा रवि समर्थक र प्रहरीबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १३:०३

१९ मंसिर, काठमाडौं । चितवनमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ ।

बधुबार बयानका लागि लामिछानेलाई जिल्ला सरकारी वकिल कार्यालय लैजाने क्रममा उनका समर्थक र प्रहरीबीच झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ ।

रविका समर्थकहरुले अहिले पनि प्रदर्शन गरिरहेका छन् । मंगलबार काठमाडौंबाट लामिछानेलाई बयानका लागि चितवन लगिएको थियो । बयान नसकिएपछि आज बुधबार पनि लामिछानेको बयान चलिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय अगाडि भएको झडप अहिले केही मत्थर भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?