+
+

कसैले उपलब्धि उल्ट्याउन खोजे फेरि रातो मान्छे भएर उभिन तयार छु : पुन

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १५:३३
फाइल तस्वीर

१९ मंसिर, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ ले देशले प्राप्त गरेको उपलब्धिहरू कसैले उल्ट्याउन खोजे फेरि रातो मान्छे भएर उभिन तयार भएको बताएका छन् ।

बुधबार गणतन्त्र सेनानी कोषले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘गणतन्त्रको योद्धा भएको कारणले भोलि कुनै प्रतिक्रियावादीहरूले जाल षड्यन्त्र गरेर यसलाई उल्टाउन चाहन्छन्, प्राप्त उपलब्धिहरूलाई फेरि उल्ट्याउन चाहन्छन् भने, समानुपातिक, समावेशी र संघीयतालाई कतै दायाँबायाँ गराउन चाहन्छन् भने म फेरि रातो मान्छे भएर उभिन तयार छु,’ उनले भने ।

साथै, उनले विगत जे जस्तो भएपनि त्यो भन्दा अर्को उचाइबाट नेतृत्व गर्नसक्ने आँट पलाएर आउने पनि जिकिर गरे ।

‘विगतमा मैले जे जे गरेँ, त्यो भन्दा अर्को उचाइबाट नेतृत्व गर्न सक्छु भन्ने मलाई भित्रैबाट पलाएर आउँछ । त्यो आँट र साहस मसँग छ,’ पुनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?