+
+

लेखा परीक्षण गर्न राष्ट्रिय जीवन बीमा कम्पनीलाई अर्थ मन्त्रालयको निर्देशन

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारी सहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए। उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउन सरोकारवालालाई निर्देशन दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १५:५७

१९ मंसिर, काठमाडौं। अर्थ मन्त्रालयले राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडलाई चार महिनामा लेखा परीक्षण सम्पन्न गर्न निर्देशन दिएको छ ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका पदाधिकारी सहित अर्थ मन्त्रालयमा आज भएको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले लामो समयसम्म लेखा परीक्षण नहुनु कसैका लागि पनि हितकर नभएको बताए। उनले लेखा परीक्षण सम्पन्न गर्न आवश्यक सहयोग उपलब्ध गराउन सरोकारवालालाई निर्देशन दिए ।

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७१/७२ देखि अन्तिम लेखा परीक्षण सम्पन्न हुन सकेको छैन । बैठकमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि मात्र राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा आयोजना गर्नेबारे छलफल भएको छ ।

बैठकमा महालेखा परीक्षकको कार्यालय, नेपाल बीमा प्राधिकरण, अर्थ मन्त्रालय, राष्ट्रिय जीवन बीमा कम्पनीका पदाधिकारी उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?