+
+

प्रचण्डले बोलाए पदाधिकारी बैठक

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १९ गते १७:२१

१९ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि (बिहीबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।

अखिलको गत १९ गते स्थागित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइएको थियो ।

पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि तयारी नभएको नेताहरूले बताएका छन् ।

अन्य एजेन्डाबारे जानकारी गराइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?