
१९ मंसिर, काठमाडौं । बुधबार सेयर बजारमा कुल ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भयो ।
यो कारोबार रकमममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३.३ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत कुल ३ अर्ब ९ करोड रुपैयाँ बराबरको खरिद हुँदा २ अर्ब ९९ करोड रुपैयाँ बराबरको बिक्री भयो ।
टप १० ब्रोकर कम्पनीमध्ये ६ मार्फत खरिद धेरै भएको छ भने ४ मार्फत बिक्री धेरै भएको छ । नासा, भिजन, अनलाइन, क्यापिटल, सारेप्रो र एबीसीमार्फत खरिद धेरै भएको छ । त्यस्तै इम्पेरियल, सनी, आर्यतारा र लिन्चमार्फत बिक्री धेरै भएको छ ।
बुधबार धेरै कारोबार भएका कम्पनीमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत्, सानिमा माइ हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर र ङादी ग्रुप पावर क्रमशः अगाडि रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4